logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

प्रदेश २ का सामुदायिक रेडियोहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान


  • उज्यालो अभियान

हरिवन – सामुदायिक रेडियो प्रशासक संघ (अकोराब) प्रदेश २ ले प्रदेशभित्रका सामुदायिक रेडियोहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

अकोराब प्रदेश २ का सचिव अच्यूत पौडेलको पहलमा वुधवार सर्लाही, महोत्तरी, रौतहट र बाराका सामुदायिक रेडियोहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो । प्रदेश सचिव पौडेल र प्रदेश कोषाध्यक्ष वसन्त शर्माले सामुदायिक रेडियोहरुमा पुगेर फेस सेड, सेनिटाइजर र मास्क वितरण गर्दै हिँडेका छन् ।

बाँकी जिल्लाका रेडियोहरुलाई बिहिवार यि सामग्रीहरु वितरण गरिने प्रदेश कोषाध्यक्ष शर्माले जानकारी दिए । प्रदेश २ का ८ जिल्लाहरुमा रहेका सामुदायिक रेडियोहरुलाई झण्डै दुई लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने उनले बताए ।

कोरोनाको महामारीमा पनि सामुदायिक रेडियोहरुले नागरिकलाई सुसूचित पार्ने र सूचनाहरु प्रदान गर्ने काम गरिरहेका छन् ।