logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३ पुग्यो


  • उज्यालो अभियान

कोरोना संक्रमणबाट मृत्यु भएका मलंगवाका पहिलो संक्रमितको केही दिनअघि शव व्यवस्थापन गर्दै सेनाको टोली । (फाईल तस्बीर : उज्यालो अभियान)

बसबरिया – सर्लाहीमा कोरोना भाईरसको संक्रमणबाट वुधवार थप एक जनाको मृत्यु भएको छ ।

ज्वरो तथा श्वास प्रश्वासमा समस्या भई उपचारका लागि मंगलवार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज पुगेका जिल्लाको बसबरिया गाउँपालिका–४, धनगढा निवासी ४३ वर्षीय पुरुषको मृत्यु भएको हो । वीरगन्ज पु¥याएर आरटी पीसीआर विधीमार्फत चेक गर्दा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

उनको वुधवार बिहान उपचारकै क्रममा अस्पतालमै मृत्यु भएको हो । मृतकको शव धनगढास्थित गाउँमै ल्याई वुधवार साँझ नेपाली सेनाको शव व्यवस्थापन टोलीले सरकारी मापदण्ड अनुसार अन्त्येष्टि गरेको छ ।

यो समेत गरी सर्लाहीमा दोस्रो चरणको कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यसअघि मलंगवा नगरपालिका र रामनगर गाउँपालिकाका दुई जना पुरुषको मृत्यु भएको थियो ।
गत वर्षको भन्दा खतरनाक मानिएको नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसक्दा समेत सर्लाही जिल्लामा समुदाय स्तरमा कोरोना परीक्षणको काम भने हुन सकेको छैन् ।