नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको नवजीवन माविका शिक्षक, कर्मचारीहरुले नवलपुर सर्पदंश उपचार केन्द्रमा वुधवार विद्युतीय उपकरण सहयोग गरेका छन् ।
विद्यालयका शिक्षक र कर्मचारीहरुले आफूहरुको व्यक्तिगत तर्फबाट लालबन्दी–१, नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रका लागि एक थान कम्प्यूटर, एक थान फोटोकपी मेसिन र एक थान मोनिटर सेट सहयोग गरेका हुन् । लालबन्दी–१, का वडाध्यक्ष पन्चलाल स्याङ्बोको समेत उपस्थितिमा विद्यालयका प्रधानाध्यापक भोला अधिकारीले सर्पदंश उपचार केन्द्रका नवनिर्वाचित अध्यक्ष उद्धव पौडेललाई उपकरणहरु प्रदान गरेका केन्द्रका कोषाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
केन्द्रले यस क्षेत्रमा सर्पदंशका बिरामीहरुको उपचार गरेर पु¥याइरहेको अतुलनीय योगदानलाई कदर कर्दै उपकरणहरु सहयोग गरेको शिक्षक, कर्मचारीहरुले बताएका छन् । सर्पदंश उपचार केन्द्रमा केही दिनअघि मात्रै नयाँ कार्य समिति चयन भएको हो ।