logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनमा विशेष नगर सभा सम्पन्न


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाको आइतवार विशेष नगर सभा बसेको छ ।

सगुन सहकारीको सभा हलमा विशेष नगर सभा राखी केही शीर्षकका बजेट रकामान्तर गरी बजेट अपुग भएका अन्य योजनाहरुमा राखिएको मेयर गणेश प्रसाद प्रसाईले जानकारी दिए । मेयर प्रसाईकै अध्यक्षतामा नगरभित्रका अन्य जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न विषयगत शाखाका प्रमुख र केही सरोकारवालाहरुको उपस्थितिमा विशेष नगर सभा बसेको हो ।

गाउँ तथा नगर सभाबाट पारित योजनाहरु र त्यसका लागि विनियोजित बजेट तलमाथि गर्नु परेमा विशेष सभा बोलाएर पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । विशेष नगर सभाले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गइरहेकाले सबै हरिवन नगरवासीलाई सचेत हुन अनुरोध गरेको मेयर प्रसाईले बताए ।