logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लालबन्दीमा निःशुल्क आखाँ शिविरबाट ४८० लाभान्वित


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा शनिवार भएको एकदिने निःशुुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ लालबन्दी सिटीको आयोजना तथा सगरमाथा आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो । लालबन्दी नगरपालिका–७, मा रहेको जानकी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको निःशुल्क आखाँ जाँच शिविरमा ४८० जनाले आँखा जाँच गराई लाभान्वित भएका आयोजकले जनाएको छ ।

शिविरमा आँखा जाँच गराएका मध्ये एक सय जनामा मोतियाविन्दुको समस्या समेत फेला परेको र २०५ जनालाई निःशुल्क औषधी पनि वितरण गरिएको छ । मोतिया बिन्दु देखिएका बिरामीहरुलाई आइतवार र सोमवार गरी दुई दिन आखाँको निःशुल्क शल्यक्रियाका लागि लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा लैजाने आयोजक क्लबका अध्यक्ष राजकुमार न्यौपानेले बताए ।

एकदिने शिविरमा सगरमाथा चौधरी आँखा अस्पतालका डा. राजकुमार यादवको नेतृत्वमा रहेको ८ जनाको टोलीले आँखा उपचार सेवा प्रदान गरेको थियो । शिविरमा आएका विरामीहरुलाई स्वास्थ्य सुरक्षाका लागि मास्क पनि वितरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।