logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको ईश्वरपुरमा कुखुरा फर्ममा चट्याङ , १० लाख बराबरको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक कुखुरा फर्ममा चट्यांग लागेर आगलागी भएको छ ।

आगलागीले फर्मभित्रका १२ सय कुखुराका चल्लाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीसँगै परेको चट्याङ्गले शुक्रबार राति साढे ८ बजेतिर ईश्वरपुर नगरपालिका ७ पोखरी टोलमा उदय राय यादव र राजेश पटेलले संयुक्त रुपमा सन्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

आगलागीमा परी १२ सय कुखुराको चल्ला र ५० बोरा दाना पूर्ण रुपमा जलेर नष्ट भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आगोलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।