logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

युवाहरुको आश्रमलाई सहयोग


  • उज्यालो अभियान

सन्जु कर्ण, हरिवन – सर्लाहीको हरिवनमा रहेका दुईवटा आश्रममा सुक्रवार युवाहरुले खाद्यान्न सहयोग गरेका छन् ।

बिजय पुलामी, दिनेश ज्ञामी, निसब श्रेष्ठ, विप्लब खड्का र नवराज राईले हरिवन नगरपालिका–९, मा रहेका सुखेपोखरी मानव सेवाश्रम र वृद्धसेवाश्रममा खाद्यान्न सहयोग गरेका हुन् ।

युवाहरुले मानव सेवाश्रममा ५ हजार नगदसहित ६० किलोको २ बोरा चामल, ५ लिटर तेल, ५ किलो दाल र एक कार्टुन बिस्कुट प्रदान गरेका छन् । सडकबाट उद्धार गरेर ल्याइएका यो आश्रममा अहिले ६३ जनालाई राखिएको छ ।

यस्तै, युवाहरुको सोही समूहले सुखेपोखरीस्थित वृद्धसेवाश्रममा ३० किलोको एक बोरा चामल, दाल, तेललगायतका खाद्यन्न सहयोग गरेका छन् । सुखेपोखरी आश्रममा अहिले ४ जना वृद्धवृद्धा आश्रीत छन् ।