खानेपानी ट्याङकीको शिलान्यास गर्दै नगर प्रमुख प्रसाई । (तस्बीर : उज्यालो अभियान)
हरिवन – चुरेपाखोस्थित सर्लाहीको हरिवन नगरपालिका–१, धिमिलेमा आधादर्जन गाउँलाई पानी खुवाउन ओभरहेड ट्याङकी शिलान्यास गरिएको छ ।
सुक्रवार बिहान हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईले उक्त ओभरहेड ट्याङकीको शिलान्यास गरेका हुन् । यही आर्थिक बर्ष २०७७/०७८ को असार मसान्तसम्म सम्पन्न गर्ने गरी दुई हजार लिटर क्षमताको ओभरहेड ट्याङकी निर्माण गर्न सुरु गरिएको नगरप्रमुख प्रसाईले जानकारी दिए ।
उक्त आयोजना अन्र्तगत १ नम्बर वडाका ७ स्थानमा त्यति नै क्षमताको ट्याङकी निर्माण हुने नगरपालिकाले जनाएको छ । एक करोड ५० लाख लागतमा निर्माण हुन लागेको ट्याङकीमा दुईवटा मुहानबाट पानी लिफ्टिङ गरेर लैजाने योजना रहेको नगरकी उपप्रमुख रेणुका पौडेलले बताईन् ।
यसरी लिफ्टिङ गरिएको पानी चुरेडाँडामा रहेका बनमारा, केरावारी, थामिटोल, विलन्दी र बेलडाँडामा पाईप लाईनमार्फत वितरण हुने छ । पानीको उपयुक्त श्रोत नहँुदा त्यहाँका स्थानीयले मूलको जरुवा पानीलाई कुवा बनाएर संकलन गरेर पिउँदै आएका छन् ।
त्यहाँ रहेको कुवा पनि हिउद्का केही महिना सुक्ने गर्दा काकाकुलको अवस्था बेहोर्नु परेको स्थानीय सोम बहादुर वाईवाले गुनासो गर्नुभयो । गाउँमा पानी ट्याङकी निर्माण हुने र घर–घरमा धाराबाट पानी आउने भएपछि स्थानीयवासी दंग परेका छन् ।
ट्याङकी शिलान्यास कार्यक्रममा भूमि आयोग सर्लाहीका अध्यक्ष राज कुमार यादवलगायत अन्य जनप्रतिनिधि र स्थानीय समेत उल्लेख्य रुपमा उपस्थित भएका संचारकर्मी राजु लो तामाङले जानकारी दिए । सुक्खा मौसममा अहिले चुरेका बस्तीहरुमा खानेपानीको ठूलो समस्या छ ।