logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

रेडियो एकताद्वारा नयाँ वर्षमा भाग्यशाली श्रोतालाई रिचार्ज


  • उज्यालो अभियान

लालबन्दी – सामुदायिक रेडियो एकताले नयाँ वर्ष विशेष कार्यक्रममा सहभागिता जनाउने भाग्यशाली श्रोतालाई पुरस्कार स्वरुप रिचार्ज प्रदान गर्ने भएको छ ।

नयाँ वर्षको अवसरमा वुधवार दिनभर रेडियोबाट प्रशारित नयाँ वर्ष विशेष कार्यक्रममा सहभागिता जनाएकामध्ये गोलाप्रथाबाट सर्लाही हरिपुरका ध्रुवप्रसाद प्रसाई र सिन्धुलीकी सम्झना लामिछाने मगर भाग्यशाली श्रोता बन्न सफल भएका छन् । उनीहरुलाई रेडियोले जनही ५/५ सयको रिचार्ज प्रदान गर्ने रेडियोले जनाएको छ ।

भाग्यशाली बन्न सफल दुई श्रोतालाई भोली (बिहिवार) बिहान कार्यालय समय सुरु भएपछि रेडियोको सम्पर्क नम्वर ०४६–५०१५९५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । रेडियोले आफ्ना श्रोताहरुलाई नयाँ वर्षको शुभकामना आदानप्रदानको अवसर दिँदै मंगलवार राती सबा ९ बजेदेखि मध्यरात १२ बजेसम्म र वुधवार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म नयाँ वर्ष विशेष कार्यक्रम संचालन गरेको थियो ।

कार्यक्रम संचालनका लागि जुमजुम क्याफे लालबन्दी, एनएस टेलरिङ सेन्टर लालबन्दी, इसानी यूनिफर्म हाउस लालबन्दी र सिटी डिपार्टमेन्ट स्टोरले स्पोन्सर गरेका थिए ।