logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

राजर्षि जनक कप : आज फाइनल भीडन्त, बागमती नगरपालिका र पिप्ले हेटौंडाले खेल्दै


  • उज्यालो अभियान

नवराज अधिकारी/ उज्यालो अभियान- बागमती – सर्लाहीको बागमतीमा आयोजित ५ औँ राजर्षि जनक कप फुटबलको आज (सोमवार) फाइनल खेल हुँदै छ ।


प्रतियोगिताको उपाधिका लागि आयोजक बागमती नगरपालिका र पिप्ले युवा क्लब हेटौंडाले खेल्दै छन् । आयोजक बागमती घरेलु मैदानमा ५ वर्षदेखि लगातार आफैले आयोजना गरिरहेको प्रतियोगतामा पहिलो पटक फाइनलसम्म पुगेको हो ।

यस्तै, प्रतियोगितामा पहिलो सहभागितामै फाइनलमा पुग्न सफल पिप्ले युवा क्लब, हेटौंडालाई उपाधि उचाल्ने सुनौलो अवसर जुरेको छ । यि दुईबीचको खेल आज अपरान्ह ४ बजेपछि बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुनेछ ।

आयोजक बागमती विभागिय क्लब एपीएफ र पिप्ले युवा क्लब हेटौंडा विदेशी टिम अफ्रिकन रुट्सलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको आज अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा समापन तथा पुरस्कार वितरण गरिने बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।

प्रदेश २ कै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख प्राप्त गर्ने छन् । यस्तै, सर्लाहीका सर्वोत्कृष्ट खेलाडीले १५० सीसीको एक थान मोटरसाइकल र प्रतियोगिता भरकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको फाइनल खेलअघि आइतवार आयोजक बागमती युवा क्लबको महिला टिम र पर्सा–११ बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । जसमा बागमतीले पर्सालाई १–० गोलले पराजित ग¥र्यो । बागमतीको जितमा खेलको २३ औँ मिनेटमा अन्जली खवासले निर्णायक गोल गरिन् ।
बिजेता तथा उपबिजेतालाई प्रदेश सभा सदस्य बेची लुंगेलीले ट्रफी प्रदान गरेकी थिईन् ।