logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवन चेम्बर्स अफ कमर्सको नेतृत्व चयन


  • उज्यालो अभियान

कार्यक्रममा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

संजु कर्ण/हरिवन – हरिवन चेम्बर्स अफ कमर्सको नयाँ नेतृत्व चयन गर्दै आईतबार पहिलो साधारण सभा सम्पन्न भएको छ ।

हरिवन बजार स्थित ड्रीम होटलको सभाहलमा सम्पन्न साधारण कार्यक्रम सम्पन्न गरिएको हो । चेम्बर्स अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओम पोतेको अध्यक्षतामा ३५ सदस्य कमिटी गठन गर्दै साधारण सभा सम्पन्न भएको छ ।

हरिवन चेम्बर्स अफ कमर्सको उपाध्यक्षमा लाल विहारी प्रसाद जैसवाल, महासचिव टोपराज लुइटेल, सचिवमा गोविन्द बुढाथोकी, सह सचिवमा विप्लप कार्की र कोषाध्यक्षमा राजेश चौधरी लगायत ३५ सदस्य कमिटी गठन गरिएको नव निर्वाचित सचिव गोविन्द बुढाथोकीले जानकारी दिए । त्यस्तै साधारण सभाले यही फागुन २७ गते चेम्बर्स अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठबाट चेम्बर्स अफ कमर्स हरिवनको भवन शिलान्याश तथा नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण कार्यक्रम पनि गरिने बुढाथोकीले जानकारी दिए ।

यसअघि कृष्णओम पोतेकै अध्यक्षतामा हरिवन चेम्बर अफ कमर्सको तदर्थ समिति चयन गरिएको थियो । आईतबार आयोजित साधारण सभाबाट तदर्थ समितिलाई नै आधिकारिक समितिको रुपमा काम गर्ने मौका दिईएको हो । कार्यक्रममा चेम्बर्स अफ कमर्स प्रदेश २ का अध्यक्ष पवन कुमार ठाकुर, वरिष्ठ उपाध्यक्ष निराजन कार्की, जिल्ला अध्यक्ष रामभक्त प्रधान, महासचिव टोपराज लुईंटेल लगायत हरिवनका व्यापारीहरुको उपस्थिती रहेको थियो ।