logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ग्याँस सिलिण्डरबाट सल्केको आगोले लाखौंको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

धनकौल – सर्लाहीको धनकौलमा आगलागीबाट ११ लाख ६३ हजार ७०० रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको छ ।

धनकौल गाउँपालिका–५ छठिघाट स्थित बिलास महतोको घर तथा घरभित्र रहेका सामानहरु जलेर नष्ट भएको हो । दुई तले घरको तल्लो तलामा रहेको खाना पकाउने ग्याँस सिलिण्डर लिक भई आगो लागि हुँदा सामानहरु जलि नष्ट भएको हो । आगोले घर तथा घर भित्र रहेको अनाज, लत्ताकपडा, भाँडाकुँडा लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार बुधबार बिहान साँढे ८ बजे लागेको आगो पौने ११ बजे नियन्त्रणमा लिईएको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।