logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

पत्थरकोटमा आँखा शिविर सम्पन्न


  • उज्यालो अभियान

पत्थरकोट – लालबन्दी नगरपालिका–१३, पत्थरकोटमा आईतबार एक दिने आँखा शिविर सम्पन्न भएको छ ।

हरिवन नगरपालिकामा रहेको ईन्दु आँखा, नाक तथा घाँटी उपचार केन्द्र तथा लालबन्दी नगरपालिकाको समन्वयमा आँखा शिविर सम्पन्न भएको हो । शिविरको एक कार्यक्रमका बिच १३ नं वडाका वडाअध्यक्ष शिवकृष्ण वैद्यले उद्धघाटन गरेका थिए ।

शिविरमा १०५ जनाले आँखा जाँच गराएकामा २४ जनामा मोतिया बिन्दुको शंका गरी थप उपचारका लागि बाहिर रेफर गरिएको आयोजकले जनाएको छ । आईतबारको शिविरमा धेरैजसो वृद्धवृद्धाले आँखा जाँच गराई लाभ लिएका छन् ।

लालबन्दी–१३, पत्थरकोट स्वास्थ्य चौकीमा सम्पन्न भएको कार्यक्रममा केन्द्रका चिकित्सक तथा प्राविधिकको टोलीले उपचार गरी निःशुल्क औषधी समेत वितरण गरेको स्वास्थ्य चौकी पत्थरकोटका प्रमुख अमित प्रसाद गौतमले बताए ।