logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

बागमती पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, श्रीमान श्रीमती घाईते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

बागमती – पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको बागमती नगरपालिका ११ स्थित बागमती पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान श्रीमती घाईते भएका छन् ।

आज (बिहिवार) दिउँसो ३ बजेतिर बागमती पुलमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ६ ख ४०२३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ३५ प ९३१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा बागमती नगरपालिका ११ का ६५ वर्षीय तुलसी प्रसाद ढकाल र उहाँकी श्रीमती ६५ वर्षकै जानुका ढकाल घाईते भएका हुन् ।

घाईतेमध्ये मोटरसाइकल पछाडि सवार जानुकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक तुलसीको अवस्था भने सामान्य छ ।

उनीहरु दुवै जनालाई उपचारका लागि रौतहटको चन्द्रनिगाहपुरतर्फ पठाइएको हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले उज्यालो अभियानसँग बताए । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।