logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

दिवंगत शिक्षिकाको स्मृतिमा अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री


  • उज्यालो अभियान

अक्षय कोषको रकमबाट अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिँदै ।

परवानीपुर – सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १६ परवानीपुरमा रहेको डिम जनता माध्यमिक विद्यालयका १८ जना अतिविपन्न विद्यार्थीलाई आज (आईतवार) शैक्षिक सामग्री वितरण गरिएको छ ।

दिवंगत शिक्षिका अनिता गिरीको सम्झनामा उनका परिवारले स्थापना गरेको अक्षय कोषको रकमको ब्याजबाट विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्मका ३÷३ जना गरी जम्मा १८ जना आर्थिक अवस्था नाजुक रहेका अभिभावकका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । गिरीका परिवारले शिक्षिका अनिताको सम्झनामा विद्यालयमा २५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

सो रकमको वार्षिक रुपमा आउने ब्याजबाट हरेक वर्ष विद्यार्थीलाई यसैगरी शैक्षिक सामग्री वितरण गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवबहादुर भण्डारीले उज्यालो अभियानलाई जानकारी दिए । अक्षय कोषकी संरक्षक एवं मृतक शिक्षिकाकी आमा सूर्यकुमारी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद गौतम र प्रअ भण्डारीले शिक्षिका गिरीको योगदानबारे चर्चा गरेका थिए ।

गिरीको २०६९ साल पुस १२ गते आजकै दिन बयलवासस्थित घरबाट परवानीपुरमा रहेको विद्यालयमा पढाउनका लागि जाँदै गर्दा उनी चढेको मोटरसाइकललाई रानीगञ्ज चोकमा बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।