logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

आगोले नेपाल बैंक मलंगवाको पुराना कागजात जल्यो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा रहेको नेपाल बैंकमा आगलागीबाट पुराना कागजात जलेर आंशिक क्षति पुगेको छ ।

मलंगवा नगरपालिका–८, मा रहेको बैंकको पुराना कागजपत्र राखिएको पक्की घरमा आगलागी भएको हो । बैंकका कर्मचारी, स्थानीय र प्रहरी मिलेर तत्कालै आगो निभाएकाले केही पुराना कागजात जल्नुबाहेक अन्य क्षति हुन नपाएको बैंकले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन् ।