logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

करेन्ट लागेर बालिका गम्भीर घाईते


  • उज्यालो अभियान

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिका ६ गोहियाहीमा करेन्ट लागेर एक बालिका शक्त घाईते भएकी छिन् ।

सोमवार साँझ स्थानीय हजारी यादवको एक तल्ले घरको छतमा खेल्ने क्रममा उहाँकी भान्जि सोही ठाउँका गणेश राय यादवकी छोरी १२ वर्षीया नेहा कुमारी करेन्ट लागेर गम्भीर घाईते भएकी हुन् । छतभन्दा करिव ४ फिटजति माथि रहेको बिजुलीको नांगो तारमा छुइँदा करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकालाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी काठमाण्डौंतर्फ रेफर गरिएको छ ।

करेन्ट लागेर बालिकाको ढाडसहित शरीरको पछाडिपटिको भाग चलेको ईलाका प्रहरी कार्यालय चक्रघट्टाले जनाएको छ ।