logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

बसबरिया र धनकौलमा बन्ने जनता आवासको प्रदेश सांसद सिंहद्वारा शिलान्यास


  • उज्यालो अभियान

जनता आवास कार्यक्रम अन्तर्गत बन्ने घरको शिलान्यास गर्दै प्रदेश सांसद वीरेन्द्र कुमार सिंह ।

धनकौल – जनता आवास कार्यक्रम अन्तर्गत सर्लाहीको बसबरिया र धनकौलमा बन्ने १४ वटा घरको आज (सोमवार) शिलान्यास गरिएको छ ।

बसबरिया गाउँपालिका ३ का एक डोम र दुई मुसहर गरी ३ घर तथा धनकौल गाउँपालिका २ का ११ घर मुसहरहरुका लागि बन्ने घरहरुको प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले शिलान्यास गरेका हुन् । यसै आर्थिक वर्षभित्र बन्ने घरहरु निर्माण गर्न एउटा घरका लागि तीन लाख भन्दा केही बढी रकम प्राप्त भएको छ ।

प्रदेश सरकारमार्फत अहिले जिल्लाका विभिन्न पालिकाहरुमा यसरी जनता आवासका घरहरु निर्माण भइरहेका छन् ।