logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा हिजोको तुलनामा आजको मौसम अली सफा, हुस्सु हट्दै


  • उज्यालो अभियान

सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीमा आइतवार बिहानैबाट हुस्सु हटेर विस्तारै घाम लाग्न थालेको छ ।

उत्तरी चुरे क्षेत्र, लालबन्दी सहित पूर्व–पश्चिम राजमार्ग र सदरमुकाम मलंगवा लगायत दक्षिणी क्षेत्रमा बिहान लागेको बाक्लो हुस्सु हटेर विस्तारै घाम देखा पर्न थालेको हो । बाक्लो हुस्सु हट्दा स्थानीयले राहत महसुस गरेका छन् ।

अस्ती सुक्रवारबाट ह्वात्तै बढेको चिसोले फुसको छानो र बेराघेराका कच्ची घर भएका अति विपन्न परिवारहरु अत्यन्त प्रभावित भइरहेका छन् । शीत चुहिने घरमा बस्नुपर्ने तथा न्यानो कपडा र ओढ्नेओछ्याउने नभएका परिवार बढ्दो चिसोमा कठ्यांग्रिएका छन् । ग्रामीण भेगका स्थानीयहरु चिसो छल्न रात दिन आगो बालेर ताप्ने गर्छन् ।

बाक्लो हुस्सु र चिसोले दैनिक ज्याला मजदुरीमा निस्कनु पर्ने मजदुर तथा किसान पनि प्रभावित भइरहेका छन् । बाक्लो मात्रामा हुस्सु लाग्न थालेपछि यस क्षेत्रको तापक्रम झनै घट्दै गएको छ । आज बिहान सर्लाहीको न्यूनतम तापक्रम ७ डिग्र्री सेल्सियस मापन गरिएको छ ।

हिजो र अस्ती सुक्रवार पनि बिहानीपख यस क्षेत्रको तापक्रम ७ डिग्री सेल्सीयस नै मापन गरिएको थियो । मौसम सफा हुँदै जाँदा विस्तारै तापक्रम बढिरहेको छ ।

अहिलेको ठि¥याउँदो चिसोमा स्वास्थ्यमा समस्या देखिने भएकाले न्यानो भई बस्न र झोलिलो तथा ताजा खानेकुरामा जोड दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।