logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

हरिपूर्वामा बहुजन समाज परिषद्को तदर्थ समिति गठन


  • उज्यालो अभियान

बहुजन समाज परिषद्को भेलाका सहभागी ।

हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा वुधवार बहुजन समाज परिषद्को नगर स्तरीय तदर्थ समिति गठन गरिएको छ ।

बलदेव रामको अध्यक्षतामा परिषद्को ६ सदस्यीय नगर स्तरीय तदर्थ समिति चयन गरिएको हो । समितिमा महावती माझी उपाध्यक्ष, इन्दल राम सचिव, बिजोदेवी राम कोषाध्यक्ष लगायत अन्य सदस्य रहेका छन् ।

परिषद्का राष्ट्रिय प्रभारी राजाराम पासवानको प्रमुख आतिथ्यतामा आयोजित भेलामा ईश्वरपुर नगर समितिका कोषाध्यक्ष विन्दिलाल राम लगायतको उपस्थिति थियो । तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सचिव राजाराम पासवान अहिले बहुजन समाज परिषद्को संगठन विस्तार गर्दै हिँडिरहेका छन् ।

पासवानकै अगुवाईमा ईश्वरपुर, कविलासी, मलंगवा, पर्सा लगायतका पालिकामा यसअघि नै पालिका स्तरीय समिति चयन भइसकेको छ ।