logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

पाठ्यपुस्तक नपाएको भेल्हीका विद्यार्थीको गुनासो


  • उज्यालो अभियान

मंगलवार गाउँपालिकामा ज्ञापन पत्र बुझाउन पुगेका विद्यार्थीहरु गेटमै रोकिँदै । (तस्बिर : उज्यालो अभियान)

भेल्ही – सर्लाहीको दक्षिणी भेगस्थित ब्रम्हपुरी गाउँपालिका–३ भेल्हीमा रहेको सुवेदार नन्दलाल जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको गुनासो गरेका छन् ।


गाउँपालिकाले बेलैमा पाठ्यपुस्तक नपठाउँदा आफूहरुलाई समस्या भएको भन्दै विद्यार्थीहरु मंगलवार (हिजो) गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेका थिए । तर आफूहरुको ज्ञापन पत्र बुझ्न अस्वीकार गरिएको विद्यार्थीहरुको गुनासो छ । आफूहरुले गाउँपालिका अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउने योजनासहित गाउँपालिका कार्यालय पुगेपनि प्रहरी लगाएर गेटमै रोकिएको विद्यार्थीहरुले गुनासो गरेका स्थानीय युवा मनोज यादवले जानकारी दिए ।

विद्यार्थीहरुले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्न, खाजा कार्यक्रम नियमित गर्न र शैक्षिक भ्रमणको रकमबाट शैक्षिक भ्रमणमा समेत लैजान माग गरेका छन् । भेल्हीको सो विद्यालयमा शिक्षक दरबन्दी मिलानको विषयलाई लिएर अभिभावक र विद्यार्थी आन्दोलित बनेका थिए ।