सांकेतिक तस्बिर ।
मलंगवा – सर्लाहीको कौडेना र कविलासीमा आइतवार राती भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा ४ जना घाईते भएका छन् ।
राती सबा ९ बजेतिर कौडेना गाउँपालिका ३ स्थित भित्री सडकमा बीआर ३० भी २२७७ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक बलरा नगरपालिका ५ का ४५ वर्षीय सुरेश साह घाईते भएका हुन् । साहलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको प्रहरीले जनाएको छ ।
यस्तै आइतवार साँझ सबा ६ बजेतिर नवलपुर–मलंगवा सडक अन्तर्गत कविलासी नगरपालिका ८ अगर्वामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना घाईते भएका छन् । दुर्घटनामा ना ३९ प ६२३४ नम्वरको मोटरसाइकलका चालक कौडेना गाउँपालिका ७ सक्रौलका ३८ वर्षीय अशोक कुमार, सोही मोटरसाइकल पछाडि सवार ब्रम्हपुरी गाउँपालिका २ का ६२ वर्षीय उपेन्द्र राय र बा २४ प २८३३ नम्वरको मोटरसाइकल चालक हरिपुर नगरपालिका ९ पिडारीका ३५ वर्षीय नागेन्द्र ठाकुर घाईते भएका हुन् ।
घाईते तीनै जनाको जिल्ला अस्पताल मलंगवामा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।