भेलाका सहभागीहरु ।
पर्सा – भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकामा बहुजन समाज परिषद्को गाउँ तदर्थ समिति चयन गरिएको छ ।
हिजो (वुधवार) सम्पन्न भेलाबाट बीकाउ महरा अध्यक्ष, रुदल मल्ली उपाध्यक्ष र राजु पासवान सचिव रहने गरी तदर्थ समिति चयन गरिएको हो । भेलाले यही मंसिर २७ गते परिषद्को गाउँ सम्मेलन गर्ने निर्णय गरेको छ ।
दलितहरुलाई एकजुट गरी आफ्नो हकहित तथा अधिकारका लागि एकजुट हुन प्रत्येक पालिकामा समितिहरु गठन गरिरहेको दलित अगुवा राजाराम पासवानले जानकारी दिए ।