logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सामाजिक सेवामा सक्रियता देखाउँदै प्रदेश सांसद सिंह, छठमा विपन्न महिलालाई साडी वितरण


  • उज्यालो अभियान

विपन्न दलित महिलालाई साडी वितरण गर्दै प्रदेश सभा सदस्य सिंह । तस्बिर : (उज्यालो अभियान)

धनकौल – सर्लाहीको ४ नम्वर क्षेत्रका प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले आफ्नो क्षेत्रको तीन गाउँका विपन्न दलित महिलालाई साडी वितरण गरेका छन् ।

उनले छठ पर्वलाई मध्यनजर गर्दै धनकौल, भवानीपुर र प्रिपाभित्ताका दलित महिलाहरुलाई साडी वितरण गरेका हुन् । एक हजार थान साडी वितरण गर्ने लक्ष्य अनुसार वुधवार पहिलो दिन ५२५ जनालाई साडी प्रदान गरेको प्रदेश सभा सदस्य सिंहले जानकारी दिए ।

पवित्र पर्व छठमा चोखोनिधो गरी ब्रत बस्नका लागि कतिपय दलित महिलाले ऋण नै काड्नु पर्ने बाध्यतालाई ख्याल गर्दै आफूले निःशुल्क रुपमा साडी उपलब्ध गराएको प्रदेश सभा सदस्य सिंहको भनाई छ । सिंहले कोरोना संक्रमणकै बेला विभिन्न स्थानमा स्वास्थ्य सुरक्षाका सामग्री वितरण, किसानलाई जेनेरेटर प्रदान लगायतका सामाजिक काम गर्दै आएका छन् ।