प्रतिकात्मक तस्बिर ।
ब्रम्हपुरी – सर्लाहीको दक्षिणी भेगस्थित ब्रम्हपुरी गाउँपालिका–३, भेल्हीमा मौरीले टोकेर आमा छोरी घाईते भएका छन् ।
मंगलवार बेलुका घर नजिकैको चौरमा घाँस काट्न गएका बेला मौरीले टोक्दा दिनेश मुखियाकी श्रीमती ३० वर्षीया पार्वती र छोरी १२ वर्षीया करिना घाईते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल मलंगवामा उपचार चलिरहेको छ ।
यसैबीच चन्द्रनगर गाउँपालिका–२, मा मंगलवार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्री घाईते भएका छन् । भित्री सडकमा पोखरीयाबाट बयलवासतर्फ आउँदै गरेको बीआर ३० एम ३९१८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा घाईते चन्द्रनगर गाउँपालिका–२ कै ३५ वर्षीया विमला देवी महतोको बयलवासमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।