logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

पानीमा डुबेर दुई वर्षका बालकको मृत्यु, छोराले खन्ती प्रहार गर्दा बाबु गम्भीर


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास – फोहोर पानी जम्मा गर्न बनाइएको खाल्डोमा डुबेर सर्लाहीको ईश्वरपुर नगरपालिका–५, खुपलाल टोलमा २ वर्षका बालकको ज्यान गएको छ ।

महेन्द्र विष्टको घर अगाडि खनिएको खाल्डोमा डुबेर छिमेकी बिक्रम महतोका २ वर्षीय छोरा रामप्रवेश महतोको ज्यान गएको हो । खेल्ने क्रममा खाल्डोमा पुगेका बालकको पानीमा डुबेर घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

यसैबीच छोराले खन्ती अर्थात गलले प्रहार गर्दा ईश्वरपुर नगरपालिकाको उत्तरी क्षेत्र वडा नं. १२ घारीबथानमा एक जना घाईते भएका छन् । सुक्रवार राती छोरा कुमार अछामीको आक्रमणबाट ७५ वर्षीय बाबु टेकबहादुर अछामी घाईते भएका हुन् । अछामीको अहिले लालगढ मोडेल अस्पताल धनुषामा उपचार भइरहेको छ ।

छोरा ३५ वर्षीय कुमार अछामीलाई ईलाका प्रहरी कार्यालय केशरगञ्जको हिरासतमा ल्याएर राखिएको छ ।