logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मेला हेर्न जाँदा घर जलेर खरानी, पन्ध्र लाखको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१४, लालदियरका रामबिहारी महतोको घरमा आगलागी हुँदा १५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

घरका मानिस गाउँमा लागेको मेला हेर्न गएका बेला बिहिवार बिहान पौने २ बजेतिर आगलागी भएको हो । स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा बिहान ४ बजेतिर आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए ।

डीएसपी भाटका अनुसार आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीबाट महतोको घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । यस्तै घरभित्र रहेका अन्न, भाँडा, गरगहना लगायतका सरसमान पनि जलेर खरानी भएका डीएसपी भाटले बताए ।