logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

नेतृत्व हस्तान्तरणसँगै चाडपर्वको शुभकामना आदान प्रदान


  • उज्यालो अभियान

लालबन्दी – लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको आज नेतृत्व हस्तान्तरणसँगै चाडपर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

रानीगञ्जस्थित राधाकृष्ण सामुदायिक वनको प्राङ्गणमा सेन्चुरीका निवर्तमान अध्यक्ष शाकार शर्मा चौलागाईले वर्तमान अध्यक्ष गोपाल श्रेष्ठ नेतृत्वको समितिलाई नेतृत्व हस्तान्तरण गरेको सचिव मोहन राउतले जानकारी दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, काँगे्रस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्य, लायन्स क्बल अफ लालबन्दी सिटीका अध्यक्ष राजकुमार न्यौपाने लगायतको उपस्थिति थियो ।