प्रतिकात्मक तस्बिर ।
बलरा – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिकामा मंगलवार मध्यान्ह पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
बलरा नगरपालिका–४, का जगु सहनीका छोरा ९ वर्षीय आदित्य कुमार सहनीको घर नजिकैको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सीमा प्रहरी चौकी बलराका सई सुरेश खत्रीले जानकारी दिए ।


बालकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि आफन्तले बुझिसकेका प्रहरीले जनाएको छ ।

