logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दीको मेजरगन्जमा आगलागी, ५० हजार बराबरको क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

लालबन्दी – लालबन्दी नगरपालिका–५, मेजरगञ्जमा गएराती (मंगलवार राती) गोठमा आगलागी हुँदा ५० हजार बराबरको क्षति भएको छ ।

स्थानीय रामप्रसाद साह कानुको गोठमा आगलागी हुँदा गोठसँगै गोठभित्र रहेको ८ क्वीन्टल जति मकै जलेर खरानी भएको हो ।

राती ९ बजेतिर भएको आगलागी गाउँले र प्रहरी मिलेर झण्डै आधा घण्टापछि नियन्त्रणमा लिएका थिए ।