प्रतिकात्मक तस्बिर ।
हरिपूर्वा – जिल्लाको दक्षिण-पूर्वी क्षेत्रस्थित हरिपूर्वामा करेन्ट लागेर वुधवार बिहान एक जनाको ज्यान गएको छ ।
हाते कल (चापाकल) मा जडान गरिएको मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका ५५ वर्षीय कपिलदेव रायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो ।
रायलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लाने क्रममा बाटोमै ज्यान गएको हो । मृतक राय जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता हुन् ।