logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

संक्रमित बढेपछि राजमार्ग क्षेत्रका बजारमा घट्यो चहलपहल


  • उज्यालो अभियान

शनिवार मध्यान्ह सुनसान देखिएको लालबन्दीस्थित पूर्व पश्चिम राजमार्ग । तस्बिर : उज्यालो अभियान

हरिवन – कोरोना संक्रमित बढ्दै गएपछि सर्लाहीको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा चहलपहल घटेको छ ।

हाइवेमा पर्ने लालबन्दी, हरिवन, नयाँरोड, बाग्मती जस्ता क्षेत्रमा मानिसको आवतजावत पातलिएको हो । परीक्षणको दायरा बढाउँदै लगेपछि यस क्षेत्रमा संक्रमित पनि थपिँदै गइरहेका छन् । बजार क्षेत्रका झण्डै एक दर्जन व्यापारीमा संक्रमण पाइएपछि दुई दिनदेखि लालबन्दी बजार सुनसान छ ।

भदौ ७ गते भोलीसम्मका लागि सर्लाही जिल्लाभर निषेधाज्ञा जारी छ । उत्तरी क्षेत्रमा यसको पालना गर्ने क्रम बढेको छ भने दक्षिणी भेगमा अझै पनि कार्यान्वयन हुन सकेको छैन् । सदरमुकाम मलंगवामै बेला–बेलामा अत्यधिक भीडभाड गरेर तरकारी बजार बस्दै आएको छ ।

यस्तै ग्रामीण भेगहरुमा पनि निषेधाज्ञाको पालना नहुँदा संक्रमणको दर बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । कोरोना संक्रमण र निरन्तरको निषेधाज्ञाका कारण काम गर्न नपाउँदा विपन्न तथा मजदुर वर्गको दैनिकी भने कष्टकर बनिरहेको छ ।