logo
  • मङ्लबार, भदौ ९, २०८३ / Tuesday, Aug, 25 ,2026

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रद्वारा तीन स्थानमा मास्क वितरण


  • उज्यालो अभियान

चन्द्रनगर – प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले बिहिवार पनि सर्लाहीका तीन स्थानमा मास्क वितरण गरेको छ ।

संस्थाले नेपाल मास्क अभियान अन्तर्गत बिहिवार हरिपुर नगरपालिका–७, चिताईन र पचगछिया, हरिवन नगरपालिका–९ र चन्द्रनगर गाउँपालिका–३, कलावती बजारमा निःशुल्क रुपमा सर्वसाधारण नागरिकलाई मास्क वितरण गरिएको हो ।

नागरिकलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले हरिपुर–७, मा वडाध्यक्ष हृदयनारायण पंजियार, हरिवन–९, मा वडाध्यक्ष सीताराम पोखरेल र चन्द्रनगर–३, मा वडाध्यक्ष सीताराम महतोको नेतृत्वमा मास्क वितरण गरिएको संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् ।

संस्थाले यसअघि वुधवार हरिपुर नगरपालिकाको वडा नं. ५ मा पर्ने मजुर्वा बजारमा एक हजार जनालाई मास्क वितरण गरेको थियो ।