logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवाका जयसवाल सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड २०२६ बाट सम्मानित


  • उज्यालो अभियान

हरिवन, १९ कात्तिक – बरहथवा नगरपालिका निवासी संजय कुमार जयसवाल सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड २०२६ बाट सम्मानित भएका छन् ।

मधेशी पत्रकार समाजको प्रवर्द्धन तथा भाइब्रेन्ट तराई मधेशको आयोजनामा बुधबार काठमाडौंमा आयोजित ‘सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड-२०२६’ कार्यक्रममा सर्लाही बरहथवाका जयसवाल सम्मानित भएका हुन् । कार्यक्रममा सर्लाहीबाट जयसवालसहित मधेश प्रदेशका अन्य ७ वटा जिल्ला तथा रुपन्देहीका गरी १० जना युवाहरुलाई ‘सामाजिक उद्यमशीलता तथा नेतृत्व अवार्ड-२०२६’ बाट सम्मान गरिएको सम्मानित जयसवालका भाई विपिन जयसवालले जानकारी दिए ।

विपिनका अनुसार जयसवाललाई सामाजिक सक्रियता तथा नेतृत्वको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘Social Activist & Leadership’ विधाअन्तर्गत ‘Social Entrepreneur & Leadership Award – 2026’ प्रदान गरिएको हो । सम्मानले आफूलाई सामाजिक क्षेत्रमा थप क्रियाशिल हुन प्रेरणा मिलेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरहथवा नगरपालिका संगठन विभाग प्रमुखसमेत रहेका जयसवालले बताए ।

विपिनका अनुसार राजर्षि जनक विश्वविद्यालयका पूर्वउपकुलपति अमर यादवको प्रमुख अतिथ्यता एवं उद्योगपति राज लामाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा मधेशसहित देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट सामाजिक उद्यमशीलता, व्यवसाय, नेतृत्व र सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । आयोजकका अनुसार सामाजिक उद्यमशीलता, नेतृत्व क्षमता र सिर्जनात्मक योगदानलाई प्रोत्साहन गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्नु अवार्डको मुख्य उद्देश्य रहेको छ।