logo
  • शनिबार, कार्तिक १, २०८३ / Saturday, Oct, 17 ,2026

७१ औँ प्रहरी दिवस मनाइयो


  • उज्यालो अभियान

मलंगवा, ३० असोज – सर्लाहीमा पनि आज ७१ औँ प्रहरी दिवस सदरमुकाम मलंगवामा मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा अमरप्रहरी स्तम्भमा माल्यार्पण, अमर प्रहरीका सन्तती तथा परिवारजनलाई सम्मानसहितका कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योगी, व्यवसायी, अमर प्रहरीका आफन्त, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।