logo
  • बिहिबार, अशोज २९, २०८३ / Thursday, Oct, 15 ,2026

ईश्वरपुर ३ बालविवाहमुक्त वडा घोषणा


  • उज्यालो अभियान

भक्तिपुर, २८ असोज – सर्लाहीको ईश्वरपुर नगरपालिका ३ भक्तिपुरलाई आज बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

सरस्वती माध्यमिक विद्यालय भक्तिपुरमा एक कार्यक्रमका बिच वडाध्यक्ष विश्वनाथ सहनी मलाहको अध्यक्षता, नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यता र पूर्व नगरप्रमुख मनोजकुमार देवकोटाको विशिष्ठ आतिथ्यतामा बालविवाहमुक्त वडा घोषणा गरिएको हो । नेपाल सरकारले बनाएको मापदण्डअनुसार वडाभित्र बालविवाह हुन छाडेसँगै बालविवाहमुक्त वडा घोषणा गरिएको वडाध्यक्ष सहनीले बताए ।

बालविवाहमुक्त वडा घोषणाका लागि वडा कार्यालय, सेभ द चिड्रेन र ग्रामीण नारी उत्थान संघले निरन्तर अभियान संचालन गर्दै आइरहेका थिए ।

मन्चको कार्यक्रमअघि सिन्धुली कलाघरका कलाकारसहित भक्तिपुर गाउँमा र्याली निकालिएको थियो ।

कार्यक्रममा वडा कार्यालयले बालविवाहमुक्त वडा घोषणमा सहयोग पुर्याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ ।