वुद्धबहादुर विश्वकर्मा/बयलवास, २८ असोज – सर्लाहीको इश्वरपुर नगरपालिका ६ बयलवासमा रहेको नारायण माध्यमिक विद्यालयमा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ ।
ग्रामीण नारी उत्थान संघ र सेभ द चिड्रेनको साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत बालकचरी कार्यक्रम गरिएको हो । बाल अधिकार प्रवद्र्धन तथा बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर सुधारका लागि बाल कचकरी कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।
एम सि सि एन की अध्यक्ष शिवानी रसाइलीको अध्यक्षता तथा नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बालबालिकाले उठाएको सवालका विषयमा नगरप्रमुख, विभिन्न वडाका वडाध्यक्ष, विषयगत शाखा प्रमुखलगायतले जवाफ दिँदै प्रतिवद्धता समेत जनाएका छन् ।