हरिवन, २५ असार – उद्योग वाणिज्य संघ हरिवनको अगुवाईमा आजदेखि हरिवन बजारका ठाउँठाउँमा डस्टबिन राख्न सुरु गरिएको छ ।
व्यापारी, उद्योगीसँग सहयोग लिएर बजारमा जथाभावी फोहोर हुन नदिन डस्टबिन राख्न थालिएको हो । बजारका भित्र भित्र पनि डस्टबिन राख्न विभिन्न बैंक तथा वित्तीय संस्थासँग समन्वय भइरहेको उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए ।
उद्योग वाणिज्य संघले हरिवन बजारमा आउने सेवाग्राही तथा सर्वसाधारण र व्यवसायीलाई अब जथाभावी फोहोर नफालेर डस्टबिनमा राखिदिन आग्रहसमेत गरेको छ ।