logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मोवाइल व्यवसायीमाथि आक्रमण : संसदमा आवाज उठ्यो, उद्योग वाणिज्य संघको विज्ञप्ती


  • उज्यालो अभियान

लालबन्दी, २५ असार – उद्योग वाणिज्य संघ लालबन्दीले मोवाइल व्यवसायी डोरप्रसाद सापकोटा (नवराज) माथि अज्ञात व्यक्तिले गरेको आक्रमणको निन्दा गरेको छ ।

संघका महासचिव गोपालबहादुर श्रेष्ठले आज विज्ञप्ती जारी गर्दै घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । लालबन्दी ७ बजारमा मोवाइल पसल संचालन गर्न सापकोटामाथि हिजो राति लालबन्दीस्थित आइडिएल बोडिङ नजिक अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।

तर उनी सुरक्षित रहन सफल भए । उद्योग वाणिज्य संघ लालबन्दीले व्यवसायीलाई शान्ति सुरक्षाको माग गरेको छ ।

यस्तै, सर्लाही १ की प्रतिनिधि सभा सदस्य नितिमा भण्डारी कार्कीले पनि सो घटनाको विषयमा आज संसदमा बोल्दै शान्ति, सुरक्षाको माग गरेकी छन् ।