प्रतिकात्मक तस्बिर ।
बागमती, ०६ असार – बागमती नदीमा डुबेर ६ वर्षीय बालक बेपत्ता भएका छन् ।
बागमती नगरपालिका-७ निवासी सरगम माझीको छोरा ६ वर्षीय सफल माझी बागमती नदीमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो ४ बजे डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए । माझीसहित ४ जना बालकहरु पौडी खेल्न गएको र अन्य ३ जना बालकहरु भने घर फर्केर आएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सुरक्षा निकायका टोलीले बेपत्ता बालकको खोजी कार्य जारी राखेको प्रनाउ गौतमले जानकारी दिए ।