मलंगवा, ०५ असार – अदालतबाट विभिन्न मुद्धामा दण्ड सजाय ताेकिए पनि फरार रहेका थप १३ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेकाे छ । बुधबार १५ जना दाेषि समातेर अदालतमा पेश गरेकाे सर्लाही प्रहरीले विहिबार थप १३ जना पक्राउ गरी अदालत बुझाएकाे हाे ।
ज्यान मार्ने उद्याेग मुद्धाका २ जना, लुटपिट मुद्धाका २ जना, सबारी ज्यान मुद्धाका १ जना, चाेरी मुद्धाका १ जना, चेक अनादर मुद्धाका १ जना र गाली बेइजती मुद्धाका ४ जना गरी ११ जनालाई पक्राउ गरी सर्लाही जिल्ला अदालत मलंगवामा बुधबार दाखिला गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए । त्यस्तै बिगाे मुद्धामा १ वर्ष कैद ताेकिएका बरहथवा नगरपालिका-१० निवासी राजकिशाेर कुशवाहा र बलात्कार मुद्धामा पूर्पक्ष ताेकिएका गाेडैता नगरपालिका-९ निवासी शिवपुजन रायलाई पनि पक्राउ गरिएकाे छ ।
प्रनाउ गाैतमका अनुसार उनिहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे ।