logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

माेटरसाइकलमा ५७ किलाे गाँजा ओसारिरहेकाे अवस्थामा युवक पक्राउ


  • उज्यालो अभियान

(फाइल तस्बिर)

ईश्वरपुर, १८ जेठ – प्रहरीले ५७ किलाे गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएकाे छ ।

इलाका प्रहरी कार्यालय केशरगंजकाे गस्ती टाेलीले लालबन्दी नगरपालिका-११ हिरापुर निवासी २७ वर्षीय थमबङ लामालाई लागूऔषधकाे रुपमा प्रयाेग हुने गाँजासहित शनिबार नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गाैतमले जानकारी दिए । गाँजा ओसार्न प्रयाेग भएकाे बाग्मती प्रदेश ०२-०६२ प ७०७३ नम्बरको २२० सीसीकाे पल्सर मोटरसाईकल समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार लालबन्दीबाट वयलबासतर्फ तिब्रगतीमा जाँदै गरेकाे माेटरसाइकल चेकजाँच गर्नका लागी गस्ती टाेलीले राेक्न खाेजेपछि माेटरसाइकल पछाडी सबार एकजना भने भाग्न सफल भएका छन् । माेटरसाइकल चलाएका लामालाई भने नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाइएकाे प्रहरीले जनाएकाे छ ।

सेतो प्लाष्टिकको दुई वटा बोराहरुमा रातो प्लाष्टिकमा बेरेर प्लाष्टिकको डोरीले बाधिएको अवस्थामा ५/५ वटा गरि १० वटा गाँजाको पोकाहरु बरामद भएकाे प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।