मलंगवा, ११ फागुन – आज बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएसँगै चैती छठ पर्व सम्पन्न भएको छ ।
सर्लाहीसहित मिथिलान्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठको समापन गरिएको हो । गएको आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक चारदिने चैती छठ उत्सव सुरु भएको थियो ।
व्रतालुहरु बिहान सबेरै उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्वको समापन गरेर आ–आफ्नो घर फर्किएका छन् । व्रतालु घर फर्किएसँगै आफन्त, इष्टमित्र र छरछिमेकीलाई छठको पूजा बाँड्न सुरु गरेका छन् ।