लालबन्दी, ०९ चैत – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–६, कालिन्जोर पुलमा दुईवटा गाडीसँग ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ ।
गएराति पौने ९ बजेतिर बीआर ०१ पिएम ८८३३ नम्वरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्वरको बसलाई पछाडिबाट ठक्कर दिएर ब्याक गरी भाग्न खोजेको थियो । भाग्नेक्रममा सो कार पूर्वतर्फबाट आइरहेको प्रदेश २–०२–००१ च ०११७ नम्वरको पिकअपमा ठोक्किएर आगलागी भएको हो ।
आगलागीबाट कारको अघिल्लो पटीको भागमा क्षति पुगेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने हुन पाएन ।
कारमा लागेको आगो प्रहरी र स्थानीय भएर निभाएका हुन् ।
प्रहरीले दुर्घटनामा परेका तीनवटै सवारी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।