logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

इनिसा विक हत्या प्रकरण : दोषीमाथि कारवाहीको माग गर्दै प्रदर्शन


  • उज्यालो अभियान

(तस्बीर : रोशन न्यौपाने/उज्यालो अभियान)

नवलपुर, ३० फागुन – सुर्खेतमा बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको हत्यामा संलग्न व्यक्तिमाथि कारवाहीको माग गर्दै आज सर्लाहीको नवलपुरमा प्रदर्शन गरिएको छ ।

दलित अधिकारकर्मीहरु भेला भएर पूर्वपश्चिम राजमार्गमा र्यालीसहित प्रदर्शन गरेका हुन् । दलित अधिकारकर्मी राजाराम पासवानको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीले इनिसालाई न्याय दे, दोषीमाथि कडा कारवाही गर, भविष्यमा यस्ता घटना नहुने वातावरण सुनिश्चित गर जस्ता नारा लगाएका थिए ।

इनिसाको हत्या आरोपमा सुर्खेत प्रहरीले उनका प्रेमीसहित तीन जना नाबालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

न्याय नमिलेसम्म शव नबुझ्ने भन्दै परिवारले अडान लिएपछि मृतक इनिसाको शव प्रादेशिक अस्पताल सुर्खेतमा नै रहेको छ ।

वीभत्स ढंगले इनिसाको हत्या भएको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) सहितले अनुसन्धान गरिरहेको छ ।