logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

समानुपातिकतर्फ क्षेत्र ३ मा रास्वपाको साँढे ४८ हजार बढी मत


  • उज्यालो अभियान

फाइल तस्बिर

हरिवन, २५ फागुन – प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । अन्तिम मत परिणाम अनुसार उसले ४८ हजार ७६५ मत पाएको हो ।

निर्वाचन अघिका ठूला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत अन्य केही पार्टीले भने प्रत्यक्ष उम्मेदवारले पाएको भन्दा कम मत पाएका छन् । यसै निर्वाचनमा पहिलो पटक भाग लिएका उज्यालो नेपाल पार्टीका नेताहरुले मागेको बाँसुरी चिन्हमा उसको प्रत्यक्ष उम्मेद्वार भन्दा झण्डै दोब्बर बढी मत परेको छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले तेहेरो अंकको मत पाएको छ ।

नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमालेले क्रमशः दोस्रो र तेस्रो मत पाएका छन् । नेपाली कांग्रेसलाई उछिन्दै उज्यालो नेपाल पार्टीका उम्मेद्वारले मागेको बाँसुरी चिन्हमा चौथो बढी मत परेको छ ।

यस क्षेत्रबाट विभिन्न ५७ राजनैतिक दलले ५ मत देखि ४८ हजार ७६५ मत पाएका छन् । समानुपातिकमा ८१ हजार ९१६ मत खसेकामा ७९ हजार ९३ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ ले जनाएको छ ।

क्षेत्र नं.१ र ४ मा भने मतगणना जारी रहेको छ ।
हेर्नोस्, अन्तिम मत परिणाम

योपनि पढ्नोस्

रास्वपाले समानुपातिकतर्फ क्षेत्र नं. २ मा पायो साँढे ४७ हजार बढी मत