logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

एक हप्तापछि कार्यालयहरु खुल्दै, बरहथवामा भने शोक बिदा


  • उज्यालो अभियान

मलंगवा, २५ फागुन – एक हप्ता लामो सार्वजनिक बिदापछि आजदेखि सर्लाहीसहित देशभरका सरकारी कार्यालयहरु खुल्दै छन् ।

विद्यालयहरु आजबाट संचालन भइसकेको छ । बैंक तथा वित्तीय संस्था पनि खुल्दै छन् । फागू पूर्णिमा अर्थात होली पर्व र संघीय चुनावको लामो बिदापछि आजदेखि कार्यालय, बैंक, विद्यालय लगायत सै नियमित संचालनमा आउन लागेका हुन् ।

एक हप्ता लामो बिदाले अत्यावश्यक काम परेकाहरुलाई समस्या परिरहेको थियो । सरकारी स्वास्थ्य संस्था तथा अस्पताल पनि एक हप्ता लामो बिदापछि आजबाट खुल्दै छन् ।

यसैबिच बरहथवा नगरपालिकाले आज नगरभित्र शोक बिदा दिएको छ । नगरपालिकाको वडा नं. १ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र हजरियामा कार्यरत सिनियर अहेब रघुनाथ महतोको निधनमा शोक बिदा दिइएको हो । महतो चुनाव गराउन पर्सा गाउँपालिका ४ जिंगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिँदा हृदयघातबाट मृत्यु भएको थियो ।

बरहथवाकी नगर प्रमुख कल्पनाकुमारी कटुवालले सूचना जारी गर्दै महतोको निधनमा दुःख व्यक्त गर्दै आज सोमबार नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरु रहने जानकारी गराएकी छन् ।