logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

२१ वर्षदेखि फरार अभियुक्त पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

कविलासी, १२ माघ – डाँका मुद्दाका एक अभियुक्तलाई सर्लाही प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ ।

डाँका मुद्दाका अभियुक्त कविलासी नगरपालिका–७, बस्ने ४४ वर्षीय विल्टु महतो २१ वर्षपछि पक्राउ परेका हुन् । महतो २०६१ बैशाख ९ गतेदेखि फरार रहेका थिए । उनलाई लुकिछिपी बसिरहेको अवस्थामा हरिवन नगरपालिका–५, घुर्कौलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

महतोविरुद्ध अदालतले छ वर्ष कैद र दुई लाख ७९ हजार ६०० रुपियाँ जरिवाना तोकेको प्रहरीले जनाएको छ । अभियुक्त महतोलाई कारागार कार्यालय मलङ्गवा चलान गरिएको डिएसपी राईले बताए ।