गडहीया, ११ माघ – सर्लाहीको क्षेत्र नं. ४ मा रहेका मतदानस्थलहरुको निरीक्षण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार क्षेत्र नं. ४ मा ८१ वटा मतदानस्थल रहेका छन् । यि सबै मतदानस्थल सुरक्षाको हिसाबले अति संवेदनशील सूचीमा राखिएको छ । ती मध्ये केही मतदानस्थलहरुको हिजो दिउँसो जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले निरीक्षण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलगायत भएर क्षेत्र नं. ४ का मतदानस्थलहरुको निरीक्षण गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल अन्तर्गत ६२८ मतदान केन्द्र कायम भएका छन् ।
सुरक्षा अधिकारीहरुको टोलीले क्रमशः ति मतदानस्थलहरुको निरीक्षण गरिरहेका छन् । जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले आज पनि क्षेत्र नं. ४ र ३ का मतदानस्थलहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको उज्यालो अभियानसँग बताए ।