सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, १० माघ – हिजो गरिएको सरस्वती पूजाको मूर्ति शान्तपूर्वक विर्सजन गर्नेक्रम चलिरहेको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले जिल्ला सदरमुकाम मलंगवासहित अन्य स्थानमा अहिले साँझसम्म नै मूर्ति विर्सजनको क्रम चलिरहेको जानकारी दिए । मुर्ति विर्सजनको क्रममा तनाव पैदा हुन नदिन प्रहरीले सदरमुकाम मलंगवासहितका स्थानमा सुरक्षा पहरा दिइरहेको छ ।
उत्तरी भेगमा खासै समस्या नभए पनि सदरमुकाम मलंगवासहित दक्षिणी केही ठाउँमा मूर्ति सेलाउन लैजाने क्रममा विवाद हुने गरेकाले सँगसँगै प्रहरी खटाउने गरिएको छ ।
हिजो गरिएको सरस्वती पूजाको मूर्ति आज नजिकैको पोखरी, नहर, खोलालगायतमा लगेर सेलाउने काम भइरहेको हो ।